Nepal's Trusted Health Online Portal

पछिल्लो २४ घण्टाभित्र थप १७ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२२ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ५७ जना भने संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २५७ आरटी पीसीआर विधिबाट नमुना परीक्षण गरिएकोमा १७ नमुनाको नतिजा पोजिटिभ आएको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट १० लाख ३ हजार ८१ र एन्टिजेन विधीबाट १ लाख ५३ हजार ६९७ पुगेको छ । संक्रमितमध्ये ९ लाख ९० हजार ८८८ केस संक्रमणमुक्त भएको छ । अब देशभर १६२ जना सक्रिय संक्रमित छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण १२ हजार ३१ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.७ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.