Nepal's Trusted Health Online Portal

नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतद्दारा पदभार ग्रहण

स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय

Get real time updates directly on you device, subscribe now.

२१ वैशाख, काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार पदभार ग्रहण गरेका छन् ।

शितल निवासमा सपथ लिएपछि रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार सम्हालेपछि मन्त्री बस्नेतले स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने लगायतका ४ ओटा निर्णयमा हस्ताक्षर गरेका छन् ।

मन्त्री बस्नेतले स्वास्थ्य उपचारका नियमित सेवाका अलावा संक्रामक एवं महामारीको रुपमा फैलिने कोरोना, डेंगु लगायतका सरुवा रोग फैलिन नदिन मन्त्रालयको नेतृत्वमा संघ, प्रदेश र स्थानीय तहका साथै दातृ निकायसँगको साझेदारीमा स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

त्यस्तै स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने निर्णय गरेका छन् । स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि प्रदेश तथा स्थानीय तहमा साधन स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकहरुलाई अधिकतम परिचालन गर्ने निर्णय पनि बस्नेतले गरेका छन् ।

संघ, प्रदेश र स्थानीय तहका उपचार सेवा र उपलब्ध साधन स्रोत, औजार उपकरणको अधिकतम उपयोग भए नभएको अनुगमन गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति बनाउने निर्णय समेल बस्नेतले गरेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.