२८ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले २४ लाख डोज कोरोना खोप नहराएको दाबी गरेका छन् ।
सोमबार स्वास्थ्य तथा जनस मन्त्रालयमा १०० दिनको प्रगति विवरण सार्वजनिक गर्नेक्रममा पत्रकारहरूको प्रश्नको जवाफमा मन्त्री खतिवडाले खोप नहराएको स्पष्टीकरण दिएका हुन् ।
मन्त्री खतिवडाले हराएको भनिएको खोपको खोजीका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा.गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय समितिले छानबिन गरिरहेको बताए ।
यसअघि मन्त्रालयले खोपको अभिलेख अद्यावधिक गर्न भन्दै दुई हप्ताको समयसिमा दिएर पाँच सदस्सीय समिति गठन गरेको थियो
बाटोमा भएको ग्याप र खेर गएको खोपको तथ्याङ्क आउन बाँकी रहेकोले २४ लाख अपुग देखिएको मन्त्री खतिवडाको भनाई छ ।
केन्द्रले प्रदेशमा, प्रदेशले जिल्लामा, जिल्लाले स्थानीय तहमा कति खोप पठाएको हो त्यसको विवरणको रिपोर्ट समितिले फागुन २ गतेभित्र दिने पनि मन्त्री खतिवडाले जानकारी दिए ।