२७ माघ, काठमाडौं । सरकारले १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोरोना विरुद्धको बुस्टर डोज सबैलाई दिने गरी निर्णय गरेको हो ।
मन्त्रालयले पहिलो शृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई खोप उपलब्धताका आधारमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार प्राथमिकताको आधारमा १८ वर्ष माथीका सबै नागरिकलाई खोप दिइनेछ ।
कोरोना संक्रमण भएका व्यक्तिको हकमा संक्रमण पुष्टि भएको एक महिना पुग्ने पर्ने मन्त्रालयले जनाएको छ ।
