२७ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र थप ३२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २३५, ललितपुरका ६४ र भक्तपुरका ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
अब उपत्यकामा सक्रिय संक्रमितको संख्या १२ हजार ६५ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ७ हजार १७०, ललितपुरमा ३ हजार ४३१ र भक्तपुरमा १ हजार ४६४ छन् ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २ हजार २३८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म संक्रमितमध्ये ९ लाख ३० हजार ६०७ अर्थात ९५.८ प्रतिशत संक्रमणमुक्त भएका छन् भने ११ हजार ८६४ जना अर्थात १.३ प्रतिशतको मृत्यु भइसकेकोे छ ।