Nepal's Trusted Health Online Portal

नेपालमा कोरोना संक्रमणको केस ६ लाख नाघ्यो, आज ३,४८९ संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

२३ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ४८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४७१ आरटी पीसीआर विधी र ३ हजार २६२ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ४८९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

अब नेपालमा ८९ हजार २१७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित केस ६ लाख १ हजार ६९३ पुगेको छ । जसमध्ये ३८.९ प्रतिशत महिला र ६१.१ प्रतिशत पुरुष रहेका छन् । संक्रमित हुनेमा २१ देखी ५५ बर्ष उमेर समुहमा उच्च रहेको डा.पौडेलले बताए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ९१ हजार ९ अर्थात ८३.५ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टाभित्र देशभर ९९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ८९८ पुगेकोे छ ।

आज ४७ ओटा जिल्लाहरुमा ५ सय भन्दा माथी सक्रिय संक्रमित रहेका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.