२७ जेठ, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार २३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहीबार देशभरी ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ५ हजार २९३ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ५ लाख १५ हजार ५९१ अर्थात ८५.७ प्रतिशत संक्रमणमुक्त भएका छन् ।