Nepal's Trusted Health Online Portal

बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना देखियो, ५ हजार २९३ निको भए

Get real time updates directly on you device, subscribe now.

२७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ९ हजार ९०१ आरटी पीसीआर विधी र ५ हजार ३३७ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७४९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणको केस ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ । संक्रमितमध्ये ८५.७ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।

गत २४ घण्टाभित्र देशभर ५९ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेकोे छ ।

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  swasthyapost@gmail.com मा पठाउनुहोस्)

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.