Nepal's Trusted Health Online Portal

मोरङ क्षेत्र नं ३(१)का प्रदेश सभा सदस्य उम्मेद्वार थापाको निधन

Get real time updates directly on you device, subscribe now.

२३ कात्तिक, काठमाडौं । मोरङ क्षेत्र नं ३(१)का प्रदेश सभा सदस्य उम्मेद्वार एंव प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ ।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत थापाको बुधबार बिहान साढे १० बजे निधन भएको अस्पालले जनाएको छ ।

५६ वर्षीय मन्त्री थापा निमोनियाबाट पीडित थिए । स्वास्थ्य गम्भिर भएपछि एक महिना अघि काठमाडौंको ह्याम्स अस्पतालमा समेत उपचार गरिएको थियो ।

प्रदेश सभा सदस्यका लागि उम्मेद्वारी दिए लगत्तै थापालाई ह्याम्समा भर्ना गरिएको थियो । उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण भएको थियो ।

थापा नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नं ३(१) मा प्रदेश सभा सदस्यको उम्मेद्वार थिए । थापाको निधन भएपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्का उम्मेद्वार चयनको प्रक्रिया अघि बढाइएको छ ।

मन्त्री थापाको श्रीमती, एक छोरा र एक छोरी छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.