Nepal's Trusted Health Online Portal

निर्वाचन आयोगले डा.तोसिमालाई घण्टी नबजाउन निर्देशन दियोः राष्ट्रिय स्वतन्त्र पार्टी

Get real time updates directly on you device, subscribe now.

२३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगबाट ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा. तोसिमा कार्कीलाई निर्वाचन प्रचारप्रसारको क्रममा घण्टी नबजाउन निर्देशन आएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अनुसार घण्टी बजाएर प्रचारप्रसार गर्दा अरुलाई बाधाव्यवधान भएको भन्दै आयोगले प्रचारप्रसारमा घण्टी नबजाउन भनेको हो ।

यसअघि निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकमा केही दलका प्रतिनिधिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले घण्टी बजाउँदै चुनाव प्रचारप्रसार हिँडेको र सो कार्य निर्वाचन आचारसंहिताको उल्लघंन हो भन्दै ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले प्रचारप्रसारका क्रममा घण्टी नबजाउन आयोगले निर्देशन दिएको जानकारी दिए । उनका अनुसार सर्वदलिय बैठकको बेला कुनै निर्णय र निर्देशन नदिएको आयोगले पछि निर्देशन दिएको हो ।

निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रमका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले आफ्नो दलको चिन्ह घण्टी बजाएर हिँड्ने गरेका थिए ।

यद्यपी निर्वाचन आयोगले भने घण्टी नबजाउने बारेको कुनै पनि निर्देशन नगएको दाबी गरेको छ ।

यसअघि लाभको पदमा रहेको भन्दै डा.तोसिमाको उम्मेद्वारी आयोगले खारेज गरेकोमा उम्मेद्वारी कायम राख्न सर्वोच्च अदालतको आदेशपछि कार्की चुनावी प्रचारप्रसारमा व्यस्त छिन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.