१०, जेठ । शनिबार साँझ नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
अस्पतालमा उपचाररत ९ जना संक्रमितहरुको पछिल्लो कोरोना परीक्षण रिपोर्ट लगातार नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
डिस्चार्ज हुनेहरुमा यसअघि पुन संक्रमण भएर उपचार गरिरहेका रौतहटका १९ बर्षीय युवक र एकजना भारतीय नागरिक पनि रहेका छन् । रौतहट र पर्साका ३/३ जना र बाराका २ जना तथा १ जना भारतीय नागरिक गरी ९ जना पुरुषहरु डिस्चार्ज भएका हुन् ।
पछिल्लो २४ घण्टा भित्र लगातार दुई पटकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा ७१ जना कोरोना संक्रमितको उपचार भईरहेको थियो । अब त्यहाँ ६२ जना संक्रमित उपचाररत छन् ।
यससंगै कोरोना संक्रमितमध्ये उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या ७९ पुगेको छ । बाँकी सबै संक्रमित उपचाररत रहेका छन् भने ३ जना संक्रमितको ज्यान गएको छ ।