Nepal's Trusted Health Online Portal

शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५८४ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१० जेठ, काठमाडौं । नेपालमा शनिबार दिउँसो एकैपटक थप ३६ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् ।

बाँके जिल्लाका २७ जना, बैतडीका ४ जना, सुर्खेतका ३ जना तथा बर्दिया र झापाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सुर्खेतमा आज पहिलो पटक संक्रमित भेटिएको हो ।

संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।

यससँगै नेपालभर कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । संक्रमितमध्ये ७० जना निको भएका छन् । ३ जना संक्रमितको ज्यान गएको छ । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.