Nepal's Trusted Health Online Portal

काठमाडौं सहित ६ जिल्लाका थप ३२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५४८ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१० जेठ, काठमाडौं । नेपालमा शनिबार बिहान थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवन जिल्लाका गरी ३२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षण अनुसार कपिलवस्तु बाणगंगा नगरपालिकाका १७ देखी ४२ बर्ष उमेर समुहका ७ जना पुरुष तथा २७ बर्षीय एक महिला, सर्लाही गोडैता र कविलासी नगरपालिकाका १८ देखी ३५ बर्ष उमेर समुहका १३ जना पुरुषहरु रहेका छन् ।

त्यस्तै बारा करैयामाइ गाउँपालिकाकी ३७ बर्षीय महिला र काठमाडौंका ३५ बर्षीय एक पुरुषमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पताल भैरहवाको प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणअनुसार रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका २० देखी ५५ बर्ष उमेर समुहका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षण अनुसार चितवन, भरतपुर–६ का ५२ बर्षीय एक पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या ५४८ पुगेको छ । ३ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितहरुमध्ये ७० जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.