Nepal's Trusted Health Online Portal

शुक्रबार साँझ पुनः ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो

Get real time updates directly on you device, subscribe now.

९ जेठ, काठमाडौं । नेपालमा शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मकवानपुर, भक्तपुर, सप्तरी र बारा जिल्लका गरी ९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या ५१६ पुगेको छ । ३ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितहरुमध्ये ७० जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.