Nepal's Trusted Health Online Portal

बाँकेका २१ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज, नेपालभर ७० जना संक्रमित निको भए

Get real time updates directly on you device, subscribe now.

९, जेठ । शुक्रबार बाँकेमा उपचाररत २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बाँकेको शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत २१ जना संक्रमितहरुको पछिल्लो कोरोना परीक्षण रिपोर्ट लगातार नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेहरुमा बाँकेका पहिलो संक्रमित नेपालगञ्ज–८ का ६० बर्षीय पुरुष पनि रहेका छन् । उनी धर्मगुरु हुन् । पछिल्लो २४ घण्टा भित्र लगातार दुई पटकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा बाँके र बर्दियाका गरी २८ जना कोरोना संक्रमित उपचाररत थिए ।

यससंगै कोरोना संक्रमितमध्ये उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या ७० पुगेको छ । बाँकी सबै संक्रमित उपचाररत रहेका छन् भने ३ जना संक्रमितको ज्यान गएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.