२६ बैशाख, काठमाडौं । नेपालगञ्जमा थप १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । संक्रमित १६ बर्षको पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट उनको कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालभर कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । संक्रमितमध्ये २७ जना निको भएका छन् ।
यसअघि निको भएर डिस्चार्ज गरिएका ३ जनामा पुन संक्रमण भएपछि उनीहरु थप उपचारमै रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ