२६ असार, काठमाडौं । जलनका कारण भम्भिर घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ ।
नेपालीको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको शुक्रबार बिहान ११ः१९ बजे निधन भएको अस्पतालले जनाएको छ ।
नेपालीको उपचारमा संलग्न प्लाष्टिक तथा बर्न सर्जन डा.पियुष दाहालका अनुसार उनको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो ।
उनको थप उपचारका लागि भारत लैजाने तयारी भएको थियो । तर उनको स्वास्थ्य अवस्था स्थिर भएका कारण डाक्टरहरुको सल्लाहमा वीर अस्पतालमा नै थप उपचार भएको थियो ।
बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी महानगर प्रहरीसँग विवाद भएपछि उनले आफैंलाई जलाएका थिए । उनको मोटरसाइकलमा ह्वील लक गरिएको विषयमा प्रहरीसँग नेपालीको विवाद भएको थियो ।
Comments are closed, but trackbacks and pingbacks are open.