Nepal's Trusted Health Online Portal

कोरोना संक्रमित निको हुनेको संख्या बढेसंगै बाँकेमा बढ्यो उत्साह

Get real time updates directly on you device, subscribe now.

३० जेठ, बाँके । कोरोनाका कारण एकजनाले ज्यान गुमाउनु परेको बाँकेमा अहिलेसम्म २८२ जनामा संक्रमण देखिइसकेको छ तर पछिल्लो समय कोरोना जितेर घर फर्किनेको संख्यामा उल्लेख्य सुधार आउन थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार अहिलेसम्म बाँकेमा १५५ संक्रमित पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । बिहीवार मात्रै कोहलपुरको पिपिरीमा रहेको कृषि विकास बैंकको तालिक केन्द्रमा राखिएको आइसोलेसनबाट नरैनापुरका १९ र खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट नेपालगञ्जका एकजना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेशमान श्रेष्ठले जानकारी दिए ।

डिस्चार्ज हुनेको संख्या बढ्दै गएपछि अहिले बाँकेका आइसोलेसन र क्वारेन्टिनमा बस्नेको संख्या पनि क्रमशः घट्दै गएको छ । अहिले एकसाथ धेरैजना निको भएर घर फिर्ता हुन थालेका छन् । यो निकै उत्साहजनक कुरा हो । श्रेष्ठले दाबी गरे । उनका अनुसार बाँकेका क्वारेन्टिनबाट अहिलेसम्म ४ हजार ४०४ जना घर फर्किइसकेका छन् ।

अहिले यहाँका क्वारेन्टिनमा करिब ३ हजार ४ सय जना मात्रै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । क्वारेन्टिनमा बस्ने व्यक्तिहरुको पीसीआर र आरडीटी जाँच गरेर नेगेटिभ रिपोर्ट आउनेलाई घरमै थप एक साता क्वारेन्टिनमा बस्ने गरि पठाउने गरिएको श्रेष्ठले जानकारी दिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.