३० जेठ, पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गरि नयाँ संक्रमण फेला परेको जानकारी दिएको हो ।
नयाँ संक्रमण पुष्टिभएसंगै गण्डकी प्रदेशमा संक्रमणको संख्या १ सय ८८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिए ।
नयाँ संक्रमितको समेर ३ वर्षदेखि ६६ वर्ष रहेको र सबैभन्दा बढी स्याङ्जाका २२ जना त्यसैगरी पर्वतका १३ जना र नवलपुरका १ जना र तनहुँको १ जना भएको जानकारी दिए ।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ९ जिल्लाका संक्रमित छन् । मनाङ र मुस्ताङ भने संक्रमित छैनन् ।
१ सय ८८ जना संक्रमित मध्ये कुन जिल्लामा कति ?
- स्याङजामा ६० जना
- बाग्लुङमा ४० जना
- नवलपुरमा ३८ जना
- पर्वतमा २२ जना
- गोर्खामा १५ जना
- कास्की ५ जना
- तनहुँमा ४ जना
- म्याग्दीमा ३ जना
- लमजुङमा १ जना