Nepal's Trusted Health Online Portal

स्वास्थ्यमन्त्री पौडेलद्वारा स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

Get real time updates directly on you device, subscribe now.

१६ माघ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रधानमन्त्री समक्ष प्रस्तुत गरेका छन् ।

स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखत विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बारकोटीको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले भनेका थिए ।

सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भए पछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रतिवेदन बुझाएका हुन् ।

कार्ययोजनाका आधारमा मन्त्रीपरिषद बैठकमार्फत स्वास्थ्य बीमामा सुधारसम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै ५ लाख पुर्याउने गरी तयारी गरिरहेको बताएका थिए । प्रतिवेदनमा ५ लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश छ ।

मन्त्रिपरिषदबाट निर्णय भएमा संसदको अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संसोधनको प्रक्रिया अघि बढाउने मन्त्री पौडेलले तयारी गरेका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.