Nepal's Trusted Health Online Portal

१३ करोड धनराशीको प्रतिष्ठित इसा अवार्ड डा.सन्दुक रुइतलाई

Get real time updates directly on you device, subscribe now.

४ माघ, काठमाडौँ । प्रख्यात नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतले विश्वमा प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अफ खालिफाको नाममा सन् २००९ मा स्थापित १३ करोड नेपाली रुपैयाँ भन्दा बढी धनराशीको ‘इसा अवार्ड’ डा.रुइतले प्राप्त गरेका हुन् ।

अवार्डका रूपमा डाक्टर रुइतले १० लाख डलर अर्थात नेपाली १३ करोड ८ लाख मूल्य बराबरको गोल्ड मेडल र प्रमाणपत्र पाउने छन् ।

अन्धोपन निवारण तथा विशेषगरी मोतिबिन्दुको क्षेत्रमा पुर्‍याएको योगदानको आधारमा डा.रुइतलाई यो अवार्ड प्रदान गर्न लागिएको हो ।

‘अवार्ड प्राप्त गरेपछि सर्वसाधारणहरूले खुसी व्यक्त गरेका छन् मलाई लाग्छ मैले पाएको अवार्ड सानो हो जस्तो लाग्दैन’ डा.रुइतले भने ‘यसलाई राज्यले कसरी लिन्छ त्यो भने हेर्न बाँकी छ ।’

डा.रुइतका अनुसार अवार्डको नोमिनेसनमा परेका १४५ जना व्यक्ति र संस्थामध्ये ६ जना सर्टलिस्टमा परेका थिए । सर्टलिस्टमा परेका ६ मध्येबाट डा.रुइतले अवार्ड हात पारेका हुन् ।

डा.रुइतलाई प्रदान गर्न लागिएको उक्त अवार्डको यो पाँचौ संस्करण भएको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले जनाएको छ । २००९ मा स्थापना भई सन् २०१३ देखि वितरित उक्त अवार्डको यो संस्करण डा.रुइतलाई फेब्रुअरी २०२३ मा प्रदान गरिनेछ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.