१५ असोज, काठमाडौँ । नेपालमा बिहीबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ जना महिला र १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सुनसरीमा २७, ५० र ५६ वर्षीय पुरुष, काठमाडौँमा ६८ र ७८ वर्षीय पुरुष, भक्तपुरमा ६८ वर्षीय पुरुष र ललितपुरमा ४८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै बाँकेमा ३४ वर्षीय महिला र रुपन्देहीमा ४२, ५५ र ८० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५०९ पुगेको छ । संक्रमितमध्ये ०.६५ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ९ सय ६१ जना संक्रमित निको भएका छन् ।