Nepal's Trusted Health Online Portal

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतिलाई कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१६ असोज । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ट्रम्पले आफु र पत्नीलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका हुन् ।

यसअघि राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको संक्रमण भएको थियो । आफ्नै सल्लाहकारमा कोरोना संक्रमण देखिएपछि राष्ट्रपति दम्पतिको पनि कोरोना परीक्षण गरिएको हो ।

कोरोना पोजिटिभ देखिएपछि ट्रम्पले आफुहरु क्वारेन्टिनमा बस्ने र छिट्टै निको हुने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकामा हालसम्म ७२ लाख ७७ हजार बढीमा कोरोना भाइरसको संक्रमण भएको छ भने संक्रमणका कारण २ लाख ७ हजार बढीको ज्यान गइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क छ । अमेरिकामा संक्रमितमध्ये २८ लाख ६० हजार भन्दा बढी मानिसहरु भने संक्रमण मुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.