Nepal's Trusted Health Online Portal

शुक्रबार एकैदिन थपिए २ हजार ७२२ कोरोना संक्रमित, कुल संख्या ८२ हजार ४५०

Get real time updates directly on you device, subscribe now.

१६ असोज, काठमाडौँ । नेपालमा शुक्रबार २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ नमुना परीक्षण गर्दा ९ सय ६५ महिला र १ हजार ७ सय ५७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ । जसमध्ये ६० हजार ६ सय ९६ जना निको भइसकेका छन् । अब नेपालमा २१ हजार ८ सय ३० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७३.६ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल ९ हजार ४ सय ७४ जना संस्थागत आइसोलेसनमा र ११ हजार ७ सय ६० जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ हजार ८ सय ८५ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालभर शुक्रबार २ सय १० जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने २९ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र डोल्पा ३ जिल्ला संक्रमण मुक्त छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.