१६ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २६ हजार ८ सय ४१ पुगेको छ ।
गत २४ घण्टा भित्र उपत्यकामा ५ जनाको मृत्यु भएको छ भने देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ३ सय ७ जना संक्रमित निको भएका छन् ।