१५ असोज, काठमाडौँ । नेपालमा शुक्रबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जना महिला र ७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण मोरङमा २७ वर्षीय पुरुष, ललितपुरमा ३२ र ७० वर्षीय पुरुष, मकवानपुरमा ७८ वर्षीय पुरुष, रुपन्देहीमा ६० वर्षीय पुरुष र बाँकेमा ५२ र ५९ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै भक्तपुरमा ५१ र ६१ वर्षीय महिला, काठमाडौँमा ६७ वर्षीय महिला र सु्र्खेतमा ७५ वर्षीय महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२० पुगेको छ । संक्रमितमध्ये ०.६५ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ३०७ जना संक्रमित निको भएका छन् ।