१६ असोज, काठमाडौं । शुक्रबार देशभर २३९ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत भइरहेको छ । संक्रमितहरु २९ जना भेन्टिलेटर र २१० जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा २४ जना, प्रदेश नं २ मा १७ जना, बागमती प्रदेशमा १०८ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ४१ जना, कर्णाली प्रदेशमा १३ जना र सुदुरपश्चिम प्रदेशमा १ जना आई.सी.यु.मा उपचारत छन् ।
त्यस्तै प्रदेश नं १ मा २ जना, प्रदेश नं २ मा १ जना, बागमती प्रदेशमा २२ जना र प्रदेश नं ५ मा ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभरी २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ३ सय ७ जना संक्रमित निको भएका छन् भने ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।