Nepal's Trusted Health Online Portal

शनिबार २ हजार १२० जनामा कोरोना संक्रमण, कुल संख्या ८४ हजार ५७०

Get real time updates directly on you device, subscribe now.

१७ असोज, काठमाडौँ । नेपालमा शनिबार २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ७८ नमुना परीक्षण गर्दा ७ सय ६६ महिला र १ हजार ३ सय ५४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । जसमध्ये ६२ हजार ७ सय ४० जना निको भइसकेका छन् । अब नेपालमा २१ हजार ३ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७४.१ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल ९ हजार ७ सय ७३ जना संस्थागत आइसोलेसनमा र ११ हजार ५ सय २९ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ हजार २ सय ७३ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालभर शनिबार २ सय १७ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ३१ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र डोल्पा ३ जिल्ला संक्रमण मुक्त छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.