Nepal's Trusted Health Online Portal

उपत्यकामा थप १,१७७ मा संक्रमण पुष्टि

३ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २८ हजार १८ पुगेको छ ।

गत २४ घण्टा भित्र उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार ४४ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.