Nepal's Trusted Health Online Portal

शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५२८ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१७ असोज, काठमाडौँ । नेपालमा शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ जना महिला र ६ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण ललितपुरमा ६७ वर्षीय पुरुष, काठमाडौँमा ६८ र ८३ वर्षीय पुरुष, सिन्धुपाल्चोकमा ४१ वर्षीय पुरुष, दोलखामा ६५ वर्षीय पुरुष र कैलालीमा ७९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै सुनसरीमा २८ वर्षीय महिला र चितवनमा ७६ वर्षीय महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२८ पुगेको छ । संक्रमितमध्ये ०.६२ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार ४४ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.