१७ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका ३ मुख्य सल्लाहकारसहितको सचिवालय सदस्यहरु र सुरक्षाकर्मीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, प्रेस सल्लाहकार सुर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र फोटो पत्रकार राजन काफ्लेलाई कोरोना संक्रमण भएको हो ।
आफुमा कोरोना भाइरसको संक्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुुर्य थापाले सामाजिक सञ्जाल मार्फत पुष्टि गरेका छन् । उनीहरु सबैको शुक्रबार स्वाब संकलन गरी कोरोना भाइरसको परीक्षण गरिएको हो ।
त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ जना सुरक्षाकर्मीहरुमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान परिषद्का सदस्यहरुसहित ६७ जनामा कोरोना संक्रमण देखिएको बालुवाटार स्रोतले जनाएको छ ।
रिपोर्ट नआएका केही बाहेक प्रधानमन्त्रीको सुरक्षार्थ पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन ।
बिहीबार स्वाब लिएर गरिएको परीक्षणमा प्रधानमन्त्री केपी शर्मा ओलीको रिपोर्ट भने नेगेटिभ आएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।