१७ असोज । शुक्रबार देशभर २४८ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत भइरहेको छ । संक्रमितहरु ३१ जना भेन्टिलेटर र २१७ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा २२ जना, प्रदेश नं २ मा १७ जना, बागमती प्रदेशमा ११६ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ३७ जना, कर्णाली प्रदेशमा १६ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना आई.सी.यु.मा उपचारत छन् ।
त्यस्तै प्रदेश नं १ मा २ जना, प्रदेश नं २ मा १ जना, बागमती प्रदेशमा २४ जना र प्रदेश नं ५ मा ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभरी २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार ४४ जना संक्रमित निको भएका छन् भने ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।