Nepal's Trusted Health Online Portal

पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

१७ असोज, काठमाडौँ । पूर्व स्वास्थ्य मन्त्री एवम् सांसद गगन थापालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । थापाले आफूलाई कोरोना संक्रमण देखिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

असोज १५ गते नेपाली कांग्रेसको पार्टी कार्यालयमा कोरोना भाइरसको पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा कोभिड संक्रमण देखिएको जानकारी पाएको उनले बताएका छन् ।

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको तथा घरमै आइसोलेसनमा रहेको थापाले जानकारी दिएका छन् । साथै उनले आफ्नो सम्पर्कमा आएको सबैलाई आवश्यक सतर्कता अपनाउन र कुनै स्वास्थ्य समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि अनुरोध गरेका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.