सोमबार थप १३९ जनामा कोरोना संक्रमण, ६२६ निको भए

  • 101
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    101
    Shares

१२ साउन, काठमाडौं । नेपालमा सोमबार थप १३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ४ हजार ९५० कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

१६ हजार ३७९ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल १६ हजार ३७९ जना क्वारेन्टिनमा रहेका छन् भने ४ हजार ९५० जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

६२६ जना निको भए
पछिल्लो २४ घण्टामा ६२६ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १३ हजार ७५४ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा.गौतमले जानकारी दिए । कुल संक्रमितमध्ये ७३.३५ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  [email protected] मा पठाउनुहोस्)


  • 101
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    101
    Shares

Leave a Reply