Nepal's Trusted Health Online Portal

आइतबार थप १५६ जनामा कोरोना संक्रमण, ५८ निको भए

Get real time updates directly on you device, subscribe now.

४ साउन, काठमाडौं । नेपालमा आइतबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्या शनिबार भन्दा ९९ ले बढी हो ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार ९२३ कोरोनाको एक्टिभ केश रहेको छ ।

३ हजार ७४१ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा २७ ओटा प्रयोगशाला मार्फत ३ हजार ७४१ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये १५६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

२२ हजार ६६२ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २२ हजार ६६२ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ९२३ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

५८ जना निको भए
पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ११ हजार ६९५ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ६६.२४ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.