५ साउन, काठमाडौं । नेपालमा सोमबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार ९३६ कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।
४ हजार २१६ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा २७ ओटा प्रयोगशाला मार्फत ४ हजार २१६ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये १८६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
२२ हजार २२८ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २२ हजार २२८ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ९३६ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
१७३ जना निको भए
पछिल्लो २४ घण्टामा १७३ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ११ हजार ८६८ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ६६.५१ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।