Nepal's Trusted Health Online Portal

बिहीबार थपिए २५० कोरोना संक्रमित, कुल संक्रमित संख्या ४ हजार ६ सय १४ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२९ जेठ, काठमाडौं । नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर २३० जना पुरुष र २० जना महिला गरी २५० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार सम्म १५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

संक्रमित मध्ये अहिलेसम्म ८ सय ६१ जना निको भएर घर फर्किइसकेको पनि प्रवक्ता डा. गौतमले जानकारी दिए । आज ८ जना महिला र १७९ जना पुरुष गरी १८७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.