२३ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा मंगलबार थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार मुलुकभरी थपिएका २०४ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र २८ जना रहेका छन् ।
उपत्यकाको काठमाडौ जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जना गरी २८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पाटन अस्पतालमा भएको पिसिआर परीक्षणमा काठमाडौँका १२ जना, ललितपुरका १० जना, भक्तपुरका ४ जना त्यस्तै त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १÷१ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
योसँगै उपत्यका भित्र कोरोना संक्रमित २६७ जना पुगेका छन् । जसमध्ये काठमाडौँमा १७५, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
उपत्यकामा केही दिन यता कोरोना संक्रमितको संख्या बढीरहेको छ । उपत्यकामा आइतबार ३० र सोमबार ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।