Nepal's Trusted Health Online Portal

४ जिल्ला कोरोना मुक्त

Get real time updates directly on you device, subscribe now.

२३ असार, काठमाडौँ । मंगलबार देशका ४ ओटा जिल्ला कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको विवरण अनुसार प्रदेश नं.१ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्ला कोरोना भाइरसको संक्रमण मुक्त भएको हो ।

यसअघी तेह्रथुममा ५ जना, भोजपुरमा ६ जना, सोलुखुम्बुमा १ जना र हुम्लामा २ जनालाई कोरोना भाइरसको संक्रमण भएको थियो ।

मंगलबार मुलुकभरीका ६८८ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । हालसम्म ७ हजार ४९९ अर्थात ४६.४ प्रतिशत कोरोना संक्रमित निको भईसकेका छन् ।

केही दिन यता कोरोना भाइरसको पिसिआर परीक्षण बढ्दै गएको र कारोना संक्रमण घट्दै गएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.