Nepal's Trusted Health Online Portal

कोरोना परीक्षण बढ्दो, संक्रमण घट्दोः स्वास्थ्य मन्त्रालय

Get real time updates directly on you device, subscribe now.

२३ असार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर दिनहुँ घटिरहेको जनाएको छ । त्यस्तै कोरोनाको पिसिआर परीक्षण पनि बढीरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पाँच दिनको विवरणको आधारमा मन्त्रालयले कोरोना संक्रमणको दर प्रतिशतमा ओरालो लाग्दै गएको जनाएको हो ।

असार १९ गते जम्मा संक्रमित १५,२५९ जना, असार २० गते १५,४९१ जना, असार २१ गते १५,७८४ जना, असार २२ गते १५,९६४ जना र असार २३ गते १६,१६८ पुगेका छन् ।

त्यस्तै दैनिक रुपमा असार १९ गते जम्मा ४,४८३, असार २० गते ४,०५०, असार २१ गते ४,७१०, असार २२ गते ४,७२१ र असार २३ गते ६,१३३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

असार १९ गते जम्मा ७४० जना, असार २० गते २३२ जना, असार २१ गते २९३ जना, असार २२ गते १८० जना र असार २३ गते २०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

असार १९ मा कोरोना पोजिटिभ हुनेको संख्या प्रतिशतमा १६.५%, असार २० मा ५.७%, असार २१ मा ६.२%, असार २२ मा ३.८% तथा असार २३ गते ३.३% मा कोरोना पोजिटिभ देखिएको छ । यस अनुसार प्रतिशतकोे आधारमा असार १९ गते यता कोरोना संक्रमण दर घटिरहेको मन्त्रालयको भनाई छ ।

कोरोना संक्रमण भएर आइसोलेसनमा बसिरहेका व्यक्तिहरु असार १९ गते जम्मा ९,०८४, असार २० गते ९,०४२, असार २१ गते ९,२०३, असार २२ गते ९,११८ र असार २३ गते ८,६३४ जना रहेका छन् । यसरी आइसोलेसनमा रहेका संक्रमितको संख्या पनि घट्दो क्रममा रहेको छ ।

यस्तै मंगलबार मुलुकका ४ ओटा जिल्ला कोरोना संक्रमण मुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार प्रदेश नं.१ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्ला कोरोना भाइरसको संक्रमण मुक्त भएको हो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.