२४ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाकोे आँखाको शल्यक्रिया भएको छ । काठमाडौंको तिलगङ्गा आँखा अस्पतालमा उनको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो ।
वरिष्ठ चिकित्सक डा.सन्दुक रुइतसहितको टोलीले बिहान १०ः३० बजे शल्यक्रिया गरेको सभामुखको सचिवालयले जनाएको छ । दायाँ आँखामा केही समय देखि समस्या उत्पन्न भएपछि उनको बुधबार शल्यक्रिया गरिएको हो ।
उपचारका क्रममा लागेको सबै खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयम्ले व्यहोरेको पनि सचिवालयले जनाएको छ । शल्यक्रिया पश्चात सभामुख सापकोटा अहिले आराम गरिरहेका छन् ।
सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा.रुइतसहितको चिकित्सक टोली र तिलगङ्गा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।