२४ असार, काठमाडौं । नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
४ हजार ६९६ जनाको कोरोना परीक्षण
स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २५ ओटा प्रयोगशालामार्फत ४ हजार ६९६ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणको भएको छ ।
त्यस्तै २५ हजार ४० जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ६३६ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
२५३ जना निको भए
पछिल्लो २४ घण्टामा २५३ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ७ हजार ७५२ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ४७.२ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।