Nepal's Trusted Health Online Portal

काठमाडौँ उपत्यकामा बुधबार थपिए २३ कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

२४ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा बुधबार थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार मुलुकभरी थपिएका २५५ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र २३ जना रहेका छन् ।

उपत्यकाको काठमाडौ जिल्लामा १६, ललितपुरमा ७ जना गरी २३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ललितपुरको पाटन अस्पतालमा भएको पिसिआर परीक्षणमा काठमाडौँका १० जना र ललितपुरका ७ जना तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

योसँगै उपत्यका भित्र कोरोना संक्रमित २९० जना पुगेका छन् । जसमध्ये काठमाडौँमा १९१, ललितपुरमा ५६ र भक्तपुरमा ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.