२५ असार, काठमाडौं । नेपालमा बिहीबार १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्ला अन्य दिनहरुको तुलनामा बिहीबार केही कम मानिसहरुमा कोरोना संक्रमण भएको हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
४ हजार ५८८ जनाको कोरोना परीक्षण
स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २५ ओटा प्रयोगशालामार्फत ४ हजार ५८८ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणको भएको छ ।
त्यस्तै २४ हजार ४२५ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ६०५ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
१३९ जना निको भए
पछिल्लो २४ घण्टामा १३९ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ७ हजार ८९१ जना निको भएर घर फर्किइसकेका छन् ।