Nepal's Trusted Health Online Portal

जिल्लाभित्र सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय

उपत्यकाका तीन जिल्लाभित्र नै सञ्चालन गर्न सकिने

Get real time updates directly on you device, subscribe now.

२५ असार, काठमाडौँ । सरकारले भोली देखि लागु हुने गरी सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएको छ । काठमाडौँ उपत्यकाभित्र भने तीन ओटै जिल्लामा आवतजावत गर्न पाइनेछ ।

सरकारको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधि मन्त्री डा.युवराज खतिवडाले मापदण्ड पुरा गरी सार्वजनिक यात्रुबाहक सवारी सञ्चालन गर्न खुला गरिएको जानकारी दिएका छन् ।

काठमाडौँ उपत्यकाको हकमा काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्रै सार्वजनिक यात्रुबाहक सवारी सञ्चालन गर्न सकिनेछ । लामो दुरी तथा अन्तर जिल्लामा भने सवारी सञ्चालन गर्न पाइने छैन ।

त्यस्तै जोर/बिजोर प्रणाली अनुरुप निजि सवारी र मोटरसाइकललाई पनि सञ्चालन सुचारु गर्न दिने सरकारको निर्णय छ । सरकारले हाल निजि सवारी र मोटरसाइकललाई मात्रै जोर÷बिजोर प्रणालीमा सवारी सञ्चालन गर्न दिइरहेको छ ।

निजि सवारीमा चालक सहित थप दुई जना र एकै परिवारका भए पाँच बर्षसम्मका बालबालिका राख्न अनुमति दिइएको छ । र सम्बन्धित जिल्ला भित्र ट्याक्सीलाई पनि चालक र थप दुई जना यात्रा गर्न दिइनेछ ।

सार्वजनिक सवारी साधनले चालकबाहेक सिट क्षमताको बढीमा ५० प्रतिशत यात्रुमात्र राख्नुपर्नेछ भने सामाजिक दुरी कायम हुने गरी एक पक्तिंको एक सिटमा १ जना मात्रै राख्नुपर्नेछ ।

सवारी साधनमा यात्रु चढ्ने समयमा सवारीसाधनको ढोकामा सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ भने चालक तथा सहचालकले अनिवार्य रुपमा मास्क, भाइजर तथा पञ्जाको प्रयोग गर्नुपर्नेछ ।

त्यस्तै सबै यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्नेछ । सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्नेगरी सञ्चालन गर्नुपर्नेछ भने मापदण्ड पुरा गरी सवारी चलाउँदा तोकिएको भाडा दरमा ५० प्रतिशत सम्म बढी भाडा लिन सकिने सरकारले निर्णय गरेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.