२६ असार, काठमाडौं । नेपालमा शुक्रबार ११८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । हाल नेपालमा एक्टिभ संक्रमितको संख्या ८ हजार ६०३ रहेका छन् ।
४ हजार ८०६ जनाको कोरोना परीक्षण
स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २५ ओटा प्रयोगशालामार्फत ४ हजार ८०६ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणको भएको छ ।
त्यस्तै २३ हजार ९१० जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ६०३ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
१२० जना निको भए
पछिल्लो २४ घण्टामा १२० जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ८ हजार ११ जना निको भएर घर फर्किइसकेका छन् । अहिले सम्म ६ ओटा जिल्लाहरु संक्रमण मुक्त भएका छन् ।