२६ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार थप ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार मुलुकभरी थपिएका ११८ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र ४२ जना रहेका छन् ।
उपत्यकाको काठमाडौ जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जना गरी ४२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ जना त्यस्तै पाटन अस्पतालमा भएको पिसिआर परीक्षणमा भक्तपुरका १ जना, काठमाडौँका १५ जना र ललितपुरका १३ जना तथा त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
योसँगै उपत्यका भित्र कोरोना संक्रमित ३३२ जना पुगेका छन् । जसमध्ये काठमाडौँमा २१९, ललितपुरमा ६९ र भक्तपुरमा ४४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
केही दिन यता देशभरी कोरोना संक्रमितको संख्या घटिरहेका बेला उपत्यकामा भने कोरोनाको संक्रमण बढीरहेको छ ।