Nepal's Trusted Health Online Portal

काठमाडौँ उपत्यकामा शनिबार ६२ कोरोना संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

२४ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा शनिबार ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा हिँजो शुक्रबार १०६ जनामा कोरोना संक्रमण पाइएको थियो ।

उपत्यकाको काठमाडौँ जिल्लामा ५६, ललितपुरमा ३ र भक्तपुरमा ३ जना गरी ६२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार मुलुकभरी थपिएका ३७८ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै ६२ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा काठमाडौँका ४ जना, पाटन अस्पताल ललितपुरको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ५ र ललितपुरका ३ जना, वीर अस्पताल काठमाडौँको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ जना, नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका २९ जना, स्टार अस्पताल सानेपाको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १२ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

बिआइडिएच ल्याब काठमाडौँको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका २ जना, नेपाल–कोरिया मैत्री अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका ३ र काठमाडौँका २ जनाको पनि पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यका भित्र कोरोना संक्रमित १ हजार ४४ जना पुगेका छन् । काठमाडौँमा ८२२, ललितपुरमा १३७ र भक्तपुरमा ८५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.