Nepal's Trusted Health Online Portal

नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२४ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्सा वीरगञ्ज महानगरपालिका–०३ छपकैयाका ७४ बर्षीय पुरुषकोे मृत्यु भएको छ । मधुमेह र दमको बिरामी उनको साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै मोरङ विराटनगर महानगरपालिका–०९ का ५८ बर्षीय पुरुषकोे मृत्यु भएको छ । उनको साउन २३ गते बिहान ९:१५ बजे कोशी अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचाप भएका उनलाई निमोनिया, ज्वरो तथा श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि केही दिन यता सप्तकोशी अस्पतालमा उपचाररत उनको अवस्था थप जटिल भएपछि कोशी अस्पताल रिफर गरिएको थियो ।

काठमाडौँ टोखा–०६ की ४१ बर्षीय महिलाको पनि मृत्यु भएको छ । उनको साउन २३ गते बिहान ११:२३ बजे पाटन अस्पताल ललितपुरमा मृत्यु भएको हो ।

नेपालमा हालसम्म २२ हजार ५९२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये १६ हजार ३१३ जना संक्रमण मुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.