Nepal's Trusted Health Online Portal

मंगलबार ७ कोरोना संक्रमितको ज्यान गयो, मृतक संख्या १६४ पुग्यो

Get real time updates directly on you device, subscribe now.

९ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय काठमाडौँकी ७१ वर्षीय महिला, सिराहाका २२ वर्षीय पुुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष, ७४ र ६६ वर्षीय काठमाडौँका पुरुष तथा रुपन्देहीका ५३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मंगलबार ८ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ सय १३ जना संक्रमण मुक्त भएका छन् । हालसम्म १९ हजार १ सय १९ जना कोरोना संक्रमित निको भएका छन् ।

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.